आइतबार, कार्तिक १६ गते २०८३
images
images

पुर्व प्रधानमन्त्री डा .बाबुराम भट्टराई जनताका दुखमा मलम पट्टी लगाउँदै

एक्सप्रेस पाना
आषाढ २५, २०७८ शुक्रबार
  • 705
    SHARES
  • पुर्व प्रधानमन्त्री डा .बाबुराम भट्टराई जनताका दुखमा मलम पट्टी लगाउँदै

    baburam 2.jpg
    समाजवादी पार्टी संघिय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनताका बाढी पहिरोका कारण भएका घाउमा मलम र दुख साटासट गर्न आफ्नो गृहजिल्ला आउनुभएको छ। डा. बाबुराम भट्टाराइद्वारा गोरखाको पालुङ्टार नगरपालिका कार्यालयमा एउटा कार्यक्रमका बिच समग्र नगरपालिका भर वर्षाका कारण क्षति भएका संरचनाको बस्तुगत अबस्था एवं हालसम्मको क्षतिको रिपोर्ट सङ्कलन गर्नुभएको छ। साथै नगरपालिकाले क्षतिको समग्र रिपोर्ट संकलन गरि क्षति विवणका आधारमा सहयोग गर्न आवस्यक प्रकृयाका साथ सिफारिस गर्नुहन समेत अनुरोध गर्नुभएको छ । उहाँले क्षतिको प्रहरी, स्थानिय जनपरिनिधि र प्राविधिहरुको उपस्थितिमा क्षतिको बास्तविक अबस्था निकाल्न नगरपालिका कार्यालयलाई निर्देशित गर्नुभयो । उहाँसँगै गण्डकी प्रदेश सरकारको तर्फबाट मैले पनि क्षतिग्रस्त ठाउँको अबोलोकन गरेको छु ।ठाँटीपोखरीको बौद्ध हिमाल युवा क्लवमा भएको जनता समाजवादी पार्टी कार्यकर्ताहरूलाई भेटि प्रशिक्षणका क्रममा विपदमा उद्धार सहयोग जुट्नुहुन अनुरोध गर्नुभयो साथै विपदमा सबै संघ संस्थाहरुको साथ सहयोग लिनुहुन अनुरोध तथा संस्थाहरुलाई समेत सहयोग दिनुहुन अपिल समेत गर्नुभएको छ। केहि वाढी र पहिरो प्रभावित भुगोलमा प्रत्यक्ष उपस्थित भएर क्षतिको बस्तुगत अबस्था अबलोकन साथै जनसमुदायमा विपत्तिमा नआत्तिन, संयमित र क्षतियुक्त घरहरुमा नबसी सुरक्षित स्थानमा रहनुहुन अनुरोध गर्नुभएको छ ।उक्त क्रममा पालङ्टारको हवाइग्राउन्ड, बडहरे खोला, छापथोक, बोहोरागाउँ, राउतेपानी, खोल्ली गाउँ, लिगलिगकोट साथै ढुन्डुरेखोलाबाट भएको क्षतिको समेत अबलोकन गर्नुभएको थियो ।

    images