शनिबार, भाद्र २७ गते २०८३
images

एसईईको नतिजा ११ गते सार्वजनिक गर्ने बोर्डको अन्तिम तयारी

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 405
    SHARES
  • एसईईको नतिजा ११ गते सार्वजनिक गर्ने बोर्डको अन्तिम तयारी

    साउन ५ काठमाडौं । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन ११ गते हुने भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “रुजुको काम भइरहेको छ । साउन ११ गते नतिजा सार्वजनिक गर्छाैँ ।”

    images

    डाटा इन्ट्रीको काम सम्पन्न भइसकेको छ । यतिबेला रुजुको काम धमाधम भइरहेको छ । रुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ । उनीहरु विहानदेखि साँझसम्म रुजुको काममा खटिँदै आएका छन् । 

    सकभर त्रुटिरहीत नतिजा बनाउने प्रयासमा रहेको बताउँदै उनले भने, “अझै तीन दिनसम्म रुजुको काममा व्यस्त रहनेछौँ । त्यसपछि पनि त्रुटि पत्ता लगाउने काम गर्नेछौँ ।”

    images

    २०७८ सालको एसईई गत वैशाख २० गते सकिएको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ ।