आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 687
    SHARES
  • आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

    साउन १० काठमाडौं । आजपनि देशैभर मौसम वदली हुने भएको छ । मौसम वदलीसँगै हाल प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।

    images

    आज दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

    आज राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बुधबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाको सूचनामा उल्लेख छ ।

    images

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम