शनिबार, भाद्र २७ गते २०८३
images

राष्ट्रिय परिक्षा बोर्डको बैठक ३ बजे बस्दै : एसईईको नतिजामा त्रुटि नभए आजै सार्वजनिक हुने

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 803
    SHARES
  • राष्ट्रिय परिक्षा बोर्डको बैठक ३ बजे बस्दै : एसईईको नतिजामा त्रुटि नभए आजै सार्वजनिक हुने

    साउन १० काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । बैठक दिउँँसो ३ बजे बस्ने लागेको हो । बैठकमा एसईई नतिजाबारे छलफल हुने बोर्डका एक अधिकारीले जानकारी दिए ।

    images

    परीक्षाबोर्डका अनुसार प्राविधिक रूपमा केही त्रुटि नभए नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।  स्थानीय चनुवका कारण १० दिन काम रोकिएकाले नतिजा सार्वजनिकमा ढिलाइ भएको अधिकारीहरूले बताएका छन् । 

    कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

    images