बुधबार, भाद्र २४ गते २०८३
images

सुरु भयो मोरु वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

एक्सप्रेस पाना
श्रावण ११, २०७९ बुधबार
  • 387
    SHARES
  • सुरु भयो मोरु वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

    साउन ११ काठमाडौं । मोरु डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड मोरुले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँग सम्झौता गरी मोरु डिजिटल वालेट एप मार्फत 'स्मार्ट क्यूआर’ सेवा सुरु गरेको हो ।

    images

    यससँगै मोरु एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजार भन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरु वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरु वालेट मार्फत 'स्मार्ट क्यूआर’ प्रयोग गरि भुक्तानी गरेमा १५ प्रतिशत वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।

    यसै गरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरु प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्ने समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज्र मोरुले संयुक्त रूपमा जानकारी दिएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY