शनिबार, भाद्र २७ गते २०८३
images

सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ

एक्सप्रेस पाना
श्रावण ११, २०७९ बुधबार
  • 245
    SHARES
  • सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ

    साउन ११ वाग्मती । मकवानपुरको हेटौँडास्थित एक सामुदायिक  वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।

    images

    हेटौँडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा  वन समितिका सात जनालाई पक्राउ गरिएको हो । सो वडाको निमार्णाधीन भ्यूटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

    चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा  रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाइएको छ ।

    images

    आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उहाँले पक्राउ परेका  सातमध्ये  दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको रहोवरमा छाडिएको बताउनुभयो । उक्त घटनाको  अनुसन्धान भइरहेकाले  पक्राउ परेकाहरुको परिचय खुलाउन आरक्षले नमानेको बताइएको छ ।