शनिबार, भाद्र २७ गते २०८३
images

यस्ता छन् इसीडी शिक्षकका मागहरू !

एक्सप्रेस पाना
श्रावण १२, २०७९ बिहीबार
  • 377
    SHARES
  • यस्ता छन् इसीडी शिक्षकका मागहरू !

    प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले स्थानीय सरकारलाई मागपत्र बुझाउन थालेका छन् । आर्थिक वर्ष २०८९/८० को बजेटमा आफ्ना कुनै पनि माग सम्बोधन नभएपछि उनीहरूले स्थानीय सरकारलाई मागपत्र बुझाउ थालेका हुन् । 

    images

    यस्ता छन् माग
    - गाउँपालिका/नगरपालिकाभित्र सञ्चालित बालविकास केन्द्रहरूको निम्ति शैक्षिक तथा खेल सामग्रीको व्यवस्था गरियोस् ।
    - बाल केन्द्रमा कार्यरत बाल शिक्षकहरूलाई पुनःताजगी तालिमको शीघ्र व्यवस्था गरियोस् ।
    - नगर भरिका सरकारी सामुदायिक बालविकास केन्द्रमा कार्यरत बाल शिक्षकहरूको निम्ति प्रोत्साहन भत्ताको व्यवस्था गरियोस् ।
    - नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा उल्लेख भए बमोजिम स्थानीय तहले व्यहोर्नु पर्ने ७ हजार रूपैयाँ निःशर्त उपलब्ध गराई आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भए अनुसार अन्य सरकारी राष्ट्रसेवक सरह १५ प्रतिशत तलबभत्ता वृद्धि गरी पारिश्रमिक उपलब्ध गराइयोस् । 
    - संघीय सरकारबाटै हामीलाई तलब उपलब्ध गराइयोस् ।
    - कतिपय बालविकास सहजकर्ताको अवकाशको समय पनि आएको छ । उहाँहरूलाई ‘गोल्डेन ह्याण्डसेक’को व्यवस्था गरियोस् ।  
    - बालविकास शिक्षकलाई दरबन्दीमा लगेर प्राथमिक तह सरहको सेवासुविधा दिइयोस् ।  
    - हामी बालविकास केन्द्रका शिक्षक (स.का.) वर्षौंदेखि राष्ट्रको सेवा गर्दै आएका छौं । र, यसरी नै सेवा गर्ने छौं तथापी हामीलाई उचित न्याय दिलाउन सरकार समक्ष माग गर्दछौं । (वेबटिभी खबर)