हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले मकवानपुरमा ‘चेक वाउन्स’को घटना बढेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरि एसपी गौतमले पछिल्लो केहि समयबाट चेक वाउन्सको घटना बढेकोले अनुसन्धानको लागि छुट्टै यसनिटनै खडा गरेर काम गर्नुपर्ने अवस्थाको सृजना भएको बताए । तीनदिन अघिमात्र जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रुपमा जिम्मेवारी लिएर हेटौँडा आईपुगेका गौतमले आफु आएको तीनदिनमानै आधा दर्जनबढी चेक वाउन्सका घटना आईसकेको बताए ।
गौतमले मकवानपुरमा साईबर क्राईमका घटनाहरुपनि बढेको आफुले जानकारी पाएको बताए । उनले भने ‘म आएको तीन दिनमा यहाँ साईबरसँग जोडिएको तीन–चार अपराधका घटनाहरु दर्ता भएको छ, यो पनि ठुलो समस्याको रुपमा रहेको पाईयो ।’ पत्रकार सम्मेलनमा बोल्दै एसपी गौतमले मकवानपुरमो ठुलो समस्याको रुपमा रहेको लागुऔषध गाँजा खेती अझ बढेको बताउँदै गाँजा खेतीलाई निरुत्साहित गर्दै अन्य नगदेवालीतर्फ आकर्षण गर्नुपर्नेमा प्रभावित क्षेत्रका स्थानीय तहसँग मिलेर काम गर्ने प्लान आफुहरुले बताएको गौतमको भनाई छ । लागु औषध नियन्त्रण, प्रदेशको राजनधनी भएकोले सुरक्षा ब्यवस्थालाई थप चुस्तदुरुस्त बनाउने काम आफुले गर्ने गौतमको भनाई छ ।

