शनिबार, भाद्र २७ गते २०८३
images

एसईईको ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 622
    SHARES
  • एसईईको ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने

    साउन १५ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको ग्रेडवृद्धि पुरक परीक्षा भदौ ११ र १२ सचालन गर्ने भएको छ । २०७८ सालको माध्यामिक शिक्षा परीक्षा ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।

    images

    २०७८ बैशाख ९ गतेदेखि सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई बढीमा दुई विषयमा ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था भएकोले परीक्षामा सहभागि हुन आवेदन दिन माग गरीएको छ ।

    त्यसैगरी अन्तिम ग्रेड सि वा सि भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफुले चाहेको बढीमा दुई विषय सम्म वा बढीमा दुई विषयसम्म अनुपस्थिति रहेका परीक्षार्थीहरुले पुरक परीक्षामा सहभागि हुन पाउने जनाएको छ ।

    images

    unnamed-38.jpg