शनिबार, भाद्र २७ गते २०८३
images

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

एक्सप्रेस पाना
श्रावण १६, २०७९ सोमबार
  • 395
    SHARES
  • काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

    साउन १५ काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन् । 

    images

    श्रीमान्–श्रीमतीसहित छोरी र छोरा मृत फेला परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए । 

    ‘एकै परिवारका ४ जना मृत फेला परेका छन् । श्रीमान्श्री-मती तथा १ बालिका र १ बालक मृत फेला परेका भन्ने जानकारी आएको छ,’ एसएसपी भट्टराईले भने । 

    images

    अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थल पुगेको छ । 

    मृत्युको कारण भने नखुलेको प्रहरीले जानकारी दिएको छ । ‘अहिले प्रारम्भिक जाँचबुझ भइरहेको छ । मृत्यु हो वा हत्या भन्ने विषय खुलेको छैन,’ एसएसपी भट्टराईले भने ।