आइतबार, कार्तिक १६ गते २०८३
images
images

पटक पटक ईन्धनको मूल्यवृद्धि निगम अझै घाटामा

एक्सप्रेस पाना
आषाढ २६, २०७८ शनिबार
  • 345
    SHARES
  • पटक पटक ईन्धनको मूल्यवृद्धि निगम अझै घाटामा


    काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्षमा १५ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य कुल १८ पटक समायोजन हुँदा ३ पटक मूल्य घटेको थियो । वर्षदिनमा १५ पटक मूल्य बढाउँदा पनि निगमले ‘घाटामै रहेको’ दाबी गर्न छाडेको छैन ।
    मंगलबार रातिदेखि लागु हुने गरी खाना पकाउने ग्यासको मूल्य पनि २५ रूपैयाँले वृद्धि भई अब प्रतिसिलिन्डर १ हजार ४ सय २५ रूपैयाँ मूल्य कायम भएको छ । पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ कायम भएको छ । मंगलबार नै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रूपैयाँ वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ प्रति १ हजार लिटर १९ डलरले बढेर ७ सय ५४ डलर मूल्य कायम भएको छ ।
     मंगलबारको मूल्य वृद्धिपछि पनि पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा व्यहोर्नुपरेको निगमको भनाई छ । यसअघि पाक्षिक घाटा ६५ करोड रहेकोमा मूल्यवृद्धिपछि घाटा अझ बढेको हो । अघिल्लो अवधिमा निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको बिक्री कम थियो ।
    नेपाल आय हाल निगमले पेट्रोलमा ७ करोड, डिजेलमा ४ करोड, मट्टितेलमा २१ करोड, एलपी ग्यासमा ३ करोड र एविएशन टर्बाइन फ्यूलमा १६ करोड रूपैयाँ पाक्षिक घाटा व्यहोरेको छ ।

    images