आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाइडनले भने- काबुलमा अमेरिकी मिसन रोकिदैन

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 393
    SHARES
  • बाइडनले भने- काबुलमा अमेरिकी मिसन रोकिदैन


    काठमाडौं, ११ भदौ।अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

    images

    चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडनले हमलाकारीलाई नछाड्ने चेतावनी दिएका छन् ।

    पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो।

    images

    बाइडनले भनेका छन्, यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छौ‌। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ । हामी माफ गर्ने छैनौं।

    अमेरिकीलाई आफ्नो काममा आतंकवादीले रोक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन् । मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए । बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ । न्युज कारखाना