सोमबार, कार्तिक १७ गते २०८३
images
images

कुवेतमा एक नेपाली महिलाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 245
    SHARES
  • कुवेतमा एक नेपाली महिलाको मृत्यु

    भदौ ११ काठमाडौं । रोजगारीको सिलसिलाको लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । मृत हुनेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलवार मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । उनको मृत्युको कारण भने खुलेको छैन ।

    images

    नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । बयालीस वर्षीया पुतली अहिले अवैधानिक रूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ ।

    दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणको लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ । रासस

    images