शनिबार, भाद्र २७ गते २०८३
images

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबवृद्धि गर्न सरकारसँग सांसद निरौलाको ध्यानाकर्षण

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 332
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबवृद्धि गर्न सरकारसँग सांसद निरौलाको ध्यानाकर्षण

    साउन २५ काठमाडौं । प्रतिनिधिसभा सांसद पवित्रा निरौला खरेलले विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलबबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

    images

    प्रतिनिधिसभाको आज बुधबार बसेको बैठकमा बोल्दै सांसद खरेलले विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलब न्यून रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले इसीडी शिक्षकको तलब दुई हजार रूपैयाँ बढाएर १० हजार पुर्‍याउँदा विद्यालय कर्मचारीको तलब यथावत् राख्नुको कारण सरकारसँग माग गरिन् ।

    उनले भनिन्, ‘सरकारले चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलब दुई हजार रूपैयाँले वृद्धि गरि १० हजार पुर्‍याउँदा विद्यालय सहयोगी र विद्यालय लेखापालको १३ हजार पाँच सय यथावत् राखेको छ। सबै राष्ट्रसेवकको तलबवृद्धि हुँदा विद्यालय कर्मचारीको अति न्यून तलब यथावत् रहनुपर्ने कारण के हो ? यसको बारेमा म सरकारसँग सोध्न चाहन्छु ।’

    images

    इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू अत्यन्तै न्यून पारिश्रमिकमा काम गरिरहेकाे भन्दै सांसद खरेलले उनीहरूको श्रमशोषण भइरहेको बताइन् । उनले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबवृद्धि गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।