शनिबार, भाद्र २७ गते २०८३
images

सशस्त्र प्रहरीद्वारा करीब १४४ केजी गाँजा बरामद

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 297
    SHARES
  • सशस्त्र प्रहरीद्वारा करीब १४४ केजी गाँजा बरामद

    पर्सा जिल्लाको बीरगंज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट साउन २४ गते राति सशस्त्र प्रहरीले करीब १ सय ४४ केजी गाँजा बरामद गरेको छ । सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।

    images

    सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि
    गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो । बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । 

    25 (2).jpg

    images