आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज बागमतीसँगै यी प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 315
    SHARES
  • आज बागमतीसँगै यी प्रदेशमा भारी वर्षाको सम्भावना

    साउन २६ काठमाडौं । हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    images

    आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती  प्रदेश १, बागमती र गण्डकी  प्रदेशको केही स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम