सोमबार, कार्तिक १७ गते २०८३
images
images

महोत्तरीको रातुखोलाको तटबन्ध भत्किदा सयौँ घर डुबानमा 

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 313
    SHARES
  • महोत्तरीको रातुखोलाको तटबन्ध भत्किदा सयौँ घर डुबानमा 

    भदौ ११ काठमाडौं । लगातारको आएको अविरल वर्षाको कारण महोत्तरीको बलवा नगरपालिका ४ स्थित रातुखोलाको तटबन्ध भत्किएपछि सयौँ घर डुबानमा परेका छन् ।

    images

    बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढ स्थित तटबन्ध ४ स्थानमा भत्किएसँगै बाढी गाउँमा प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तटबन्ध भत्किएर बाढी गाउँमा पस्दा करिब ८ सय घरहरू प्रभावित बनेको डिएसपी प्रकाश बिष्टले जनाएका छन् । बाढीले विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको छ ।

    प्रभावित स्थानमा स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको उनले बताएका छन् । वडा नं.११ रौजामा समेत तटबन्ध कटान गर्दा रौजा मजार लगायत बस्तीमा समेत पानी पसिरहेको स्थानीयहरूले बताएका छन् ।

    images

    बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा अन्य सुरक्षा निकायको टोली पठाउन लागिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । बलबा नगरपालिका ४ स्थित तिलगढमा स्थानीय, जनप्रतिनिधि, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको र सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।