बुधबार, भाद्र २४ गते २०८३
images

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 324
    SHARES
  • चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु

    साउन २६ काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन  ।
    गरेका हुन् ।

    images

    यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सकिने आइएमई पे ले जनाएको छ । यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनुस आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गर्दै प्रशन्नता प्रकट गरे । 

    नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे । प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको “गभरमेन्ट” मा गइ “लोकल गभरमेन्ट” रोजी “चन्द्रागिरि नगरपालिका” मार्फत आफ्नो कर तिर्न सकिनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY