शनिबार, भाद्र २७ गते २०८३
images

सशस्त्र प्रहरीद्वारा विलविजक अनुरुप नभएको विभिन्न सामानसहित पक्राउ

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 340
    SHARES
  • सशस्त्र प्रहरीद्वारा विलविजक अनुरुप नभएको विभिन्न सामानसहित पक्राउ

    साउन २६ झापा ।  जिल्लाको गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीव ९४ लाख ४८ हजार रुपैयाँ बराबरको विलविजक अनुरुप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको  छ ।

    images

    सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षिय धनिलाल राजबंशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले
    पक्राउ गरेको हो । ग्वालडुब्बाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ९ सय ९० के.जी. रेडिमेड कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामानसहित राजबंशी पक्राउ परेका हुन् ।

    बरामद ट्रकसहित राजबंशीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

    images