बुधबार, भाद्र २४ गते २०८३
images

एसिया कपका लागि बंगलादेशको टोली घोषणा, को-को परे ?

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 501
    SHARES
  • एसिया कपका लागि बंगलादेशको टोली घोषणा, को-को परे ?

    साउन २९ काठमाडौं । युएईमा हुने टि२० एसिया कप २०२२ का लागि बंगलादेशले आफ्नो टोली घोषणा गरेको छ ।

    images

    बंगलादेशले साकिव अल हसनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

    एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । समूह बी मा रहेको बंगलादेश, यस समूहमा श्रीलंका रअफगानिस्तान रहेको छ ।

    images

    प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ  ।

    समूह ए मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।

    प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ । यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो ।

    यस्तो बंगलादेशको टोलीः
    शकिब अल हसन (कप्तान) अनामुल हक, मुशफिकुर रहिम, अफिफ हुसेन, मोसाद्देक हुसेन, महमुदुल्लाह, महेदी हसन, मोहम्मद सैफुद्दीन, हसन महमुद, मुस्ताफिजुर रहमान, नसुम अहमद, सब्बीर रहमान, मेहदी हसन होसैन, इरानी, इरानी, मुस्ताफिजुर रहमान , परवेज हुसेन इमोन, नुरुल हसन, तस्किन अहमद

  • सम्बन्धित विषय:

  • # क्रिकेट