बुधबार, भाद्र २४ गते २०८३
images

सिन्धु क्षेत्र नम्बर २ माओवादीलाई दिए लौरो रोज्ने पूर्व सभापति लामाको चेतावनी

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 537
    SHARES
  • सिन्धु क्षेत्र नम्बर २ माओवादीलाई दिए लौरो रोज्ने पूर्व सभापति लामाको चेतावनी

    भदौ २ मेलम्ची । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गरेका छने । 

    images

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गठबन्धनको भागमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अरु पार्टीलाई दिए आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । साथै उनले स्ट्याटस लेखेको १० मिनेट पछि सामाजिक सञ्जालबाट हटाएका थियो । 

    सिन्धुपाल्चोकमा गठबन्धन नबन्ने सङ्केत नेपाली काँग्रेसका केन्द्रीय कमिटी सदस्य मोहनबहादुर बस्नेतले यसअघि नै दिँदै आएका थियो । योसँगै अब सिन्धुपाल्चोकमा गठबन्धनमा किचलो देखिएको छ । काँग्रेसको दुवै निर्वाचन क्षेत्र आफूले पाउनुपर्ने अडान छ । उता माओवादी केन्द्रको पनि पाए दुवै क्षेत्र नभए एक निर्वाचन क्षेत्र भए पनि आफूहरुले पाउनुपर्ने अडान छ । 

    images

     

     

  • सम्बन्धित विषय:

  • # सिन्धु कांग्रेस