शनिबार, भाद्र २७ गते २०८३
images

राईको हत्यामा सम्लग्न तीन पक्राउ

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 272
    SHARES
  • राईको हत्यामा सम्लग्न तीन पक्राउ

    भदौ ५ काठमाडौं । नेपाल प्रहरीले ज्यानसम्बन्धी कसूरमा तीन जनालाई पक्राउ गरेको छ । बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्यामा सङ्लग्न तीनजनालाई गएराति पक्राउ गरेको हो । पक्राउपर्नेहरुमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् ।

    images

    काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको जानकारी दिनुभयो । शनिबार राति  ९ः३० बजे भएको सो घटनामा प्रहरीले  सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुका सम्बन्धमा  बौद्ध प्रहरी वृत्तबाट थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।