आइतबार, भाद्र २८ गते २०८३
images

बन्दका कारण पढाइमा असर परेकामा चिन्ता

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 323
    SHARES
  • बन्दका कारण पढाइमा असर परेकामा चिन्ता

    भदौ ७ काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप०ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण लाखौँ बालबालिकाले  शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासले काठमाडौँलगायत विभिन्न स्थानका विद्यालय बन्द भएका छन् ।

    images

    उक्त अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको  छ । यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।