शनिबार, भाद्र २७ गते २०८३
images

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

एक्सप्रेस पाना
भाद्र ११, २०७९ शनिबार
  • 546
    SHARES
  • धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

    झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

    images

    मादक पदार्थ सेवन गरेका झापा-६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल-भारत सीमा नजिकै कचनकवल-१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।