आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 281
    SHARES
  • आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

    भदौ १२ काठमाडौं । हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images

    आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मौसम