सोमबार, कार्तिक १७ गते २०८३
images
images

देशभर भारी बर्षा, थाहा पाउनुहोस् आगामी तीन दिनको मौसम 

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 278
    SHARES
  • देशभर भारी बर्षा, थाहा पाउनुहोस् आगामी तीन दिनको मौसम 

    भदौ १३ काठमाडौं । पछिल्ला केही दिनदेखि  नेपालमा लगातार बर्षा भइरहेको छ । वर्षाका कारण बाढीपहिरोका घटना बढ्न थालेको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।  

    images

    आज (आइतबार) बिहान काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो अधिकांश भूभागमा पानी पर्नेछ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। राति प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

    images

    भोलि सोमबारको मौसम 
    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ, राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

    त्यस्तै आगामी मंगलबार देखि मौसममा केही सुधार आउने र मुलुकका केही स्थानमा वर्षाको हल्का देखि मध्य बर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ ।