आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसमा : यी प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 370
    SHARES
  • आजको मौसमा : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    भदौ १४ काठमाडौं । आज बिहानैबाट देशका केही भागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश-१ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    images

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    भारी वर्षाको समेत सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावकाे जोखिम रहनुको साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको  छ । 

    images

  • सम्बन्धित विषय:

  • # मौसम