शनिबार, भाद्र २७ गते २०८३
images

५० लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 297
    SHARES
  • ५० लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

    नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिनुभयो । पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो । 

    सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई पक्राउ
    नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    images

    ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमार्फत साथी बनाइ विभिन्न लोभलालच देखाइ पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमार्फत प्रशारण गरिदिने भनी मानसिक यातना र दुःख हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच÷पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताउनुभयो ।