भदौ १६ मेलम्ची । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा सिन्धुपाल्चोकमा राजनीतिक माहोल तात्दै छ । सिन्धु जिल्लामा २ वटा क्षेत्र रहेको छ ।
यस्तै प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावको लागि प्रदेशसभा 'क' बाट नाम सिफारिस गर्दौ नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईले प्रदेशतर्फको समानुपातिकमा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिको सचिब केशव श्रेष्ठको नाम 'क' बाट पहिलो नम्बरमा सिफारिस गरेको छ ।

बिगत २० बर्षदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहनु भएका श्रेष्ठ निरन्तर पार्टी र संगठनका लागि आफुले सक्दो योगदान गर्दै आइरहनु भयको छ । साथै उक्त प्रदेशका हरेक जनताको सुखदुःखमा सहयोग गर्दै आइरहनु भएको छ । उहाँले त्यहाँको बिकाश निर्माको कार्यमा पनि सकृय हुनुहुन्छ । साथै उहाँ यस क्षेत्रको लोकप्रिय युवा नेताको नामले परिचित रहनुभएको छ ।


