बुधबार, भाद्र २४ गते २०८३
images

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ 'क' बाट प्रदेश सभाको लागि उध्दब बानियाँको नाम सिफारिस

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 700
    SHARES
  • सिन्धुपाल्चोक क्षेत्र नम्बर २ 'क' बाट प्रदेश सभाको लागि उध्दब बानियाँको नाम सिफारिस

    भदौ १६ कुन्चोक । आगामी मङ्सिर ४ गते हुने निर्वाचको लागि नेपाली काँग्रेस सिन्धुपाल्चोकका युवा नेता तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि उध्दब बानियाँ नेपाली काँग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ 'क' बाट प्रदेश सभाको लागि सिफारिस हुनुभएको छ । 

    images

    लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सकृय रहनुभएका बानियाँ समाजेवामा पनि निकै अग्रसर हुनुहुन्छ । प्रदेश सभाको लागि सिफारिस भए पछि सामाजिक सञ्जाल फेलबुकमा लेख्दै मेरो राजनीति आध्यात्मिक हुनेछ, निश्वार्थ, निस्पक्ष, कोमल प्राकृतिक, मेरो बिकासको मोडेल सरल प्राकृतिक लक्जरियस्ट्ताका साथै आध्यात्मिकताको गुन्जनमय हुने उहाँले बताउनु भएको । 

    उहाँले फेसबुकमा राखेको पोस्ट जस्ताको त्यस्तै
    मेरो राजनीति आध्यात्मिक हुनेछ! निश्वार्थ!निस्पक्ष!कोमल!प्राकृतिक हुनेछ! मेरो बिकासको मोडेल सरल,प्राकृतिक लक्जरियस्ट्का साथै आध्यात्मिकताको गुन्जमयमान हुनेछ!
    हो म राजनिती बिश्व राजनिती छामेर गर्नेछु!मगन्ते बन्दै हिरा जटित थालीमा घुडा टेक्दै भिख मागेर हैन! बिश्व राजनीति सङ्ग ह्यान्डसेक गर्न सक्ने उचाइको राजनीति गर्नेछु!
    परम्परागत राजनीतिक प्राक्टिस तथा चिन्तनले निम्त्याएको मुलुकको दयनीय बर्तमान अवस्थाले आशा छ नेपाली समाज पुन: राष्ट्र खतरामा धकेल्ने छैनन!
    मेरो राजनीति आध्यात्मिक हुनेछ! निश्वार्थ!निस्पक्ष!कोमल!प्राकृतिक हुनेछ! मेरो बिकासको मोडेल सरल,प्राकृतिक लक्जरियस्ट्ता का साथै आध्यात्मिकताको गुन्जनमय छ!
    जय नेपाल !!!
    उध्दब बानियाँ
     महाधिवेशन प्रतिनिधि सिन्धुपाल्चोक / प्रतिनिधि सभा निर्वाचन क्षेत्र न २ प्रदेश सभा क बाट सिफारिस उमेदवार

    images

    यस्तै उहाँसँगै बिस्णु बिक्रम थापा, टँक कार्की, बिकास तामाङ, राजेन्द्रमान ताल्चाभडेंल, देब प्रसाद बानिया, अनील कुमार तामाङ, भुपेन्द्र थापा लगाएतलाई पार्टीले सिफारिस गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सिन्धु कांग्रेस