भदौ १७ काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेस सभा 'क' मा अनिल कुमार तामाङ (बुद्ध) सहित ८ जना उम्मेदवार सिफारिस गरिएको छ । पछिल्लो समय सिन्धुपाल्चोकमा जिल्लामा पनि राजनितिक दलहरु भेला ,सम्मेलन र कार्यक्रम गर्नमा ब्यस्त छन् ।
यस्तै सिन्धु कांग्रेसमा युवाहरुको माझमा लोकप्रिय नेताको रुपमा परिचित तामाङले विभिन्न समयमा परेको विपद्हरुको समयमा आर्थीक भौतीक तथा मानविय सहयोग गर्दै आउनुभएको छ । मेलम्ची, हेलम्बुको बाढीपहिरो, कोरोनाको लगायत विविध सयमा सुखदुःमा साथ सहयोग गर्दै आउनुभएका तामाङ्ले आफुसँग जनताको जीवनशैली परिवर्तन गर्ने आफुमा क्षमता रहेको दाबी गर्नुभयो ।
युवा व्यवसायी तामाङले पार्टीको विभिन्न संगठनमा रहेर कुशलतापुर्वक काम गरीसक्नु भएको छ । आम नागरीकहरुले दैनीक रुपमा भोग्ने समस्याको पहीचान गरेर निराकरण गर्नकै लागी आफुले उम्मेद्वारी दिएको तामाङले बताउनुभयो । पार्टीको विभिन्न तहमा रहेर तामाङले निर्वाचनको समयमा पार्टीका उम्मेदवारहरुलाई जिताउन महत्वपुर्ण भुमिका खेल्नुभएको छ । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तामाङको भुमिका महत्वपूर्ण रहेको कांग्रेसकै नेताहरुले बताउँदै आएका छन् । कांग्रेसले तामाङसँगै बिष्णु बिक्रम थापा, टंक कार्की, बिकास तामाङ, राजेन्द्र मान ताल्चाभडेल, देब प्रसाद बानियाँ, भुपेन्द्र थापा, उद्धब बानियाँ लगाएतलाई सिफारिस गरेको छ ।


