भदौ १७ मेलम्ची । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको लागि सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा 'ख' को प्रत्यक्ष तर्फको उम्मेदवारको लागि जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले युवा नेता कृष्ण कुमार तामाङ (समिर) लाई १ नम्बरमा नाम राखि सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको आजबसेको बैठक बाट जिल्ला कार्यसमितिले सो निर्णय गरेको हो । यसअघि नै प्रदेश क्षेत्रीय कार्यसमिति र क्षेत्रीय कार्यसमितिले पनि उहाको नाम १ नम्बरमा राखेर सिफारिस गरेको थियो । केही क्षेत्रको भने टुङिने प्रक्रियामा रहेको जिल्ला सभापति जङ्ग बहादुर लामाले जानकारिदिनुभयो ।


