आइतबार, कार्तिक १६ गते २०८३
images
images

ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे

एक्सप्रेस पाना
आश्विन ५, २०७९ बुधबार
  • 298
    SHARES
  • ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे

    काठमाडौँ । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीवीच छलफल भएको छ ।

    images

    नेपाल राष्ट्र बैंकको तथ्याब्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको तथ्याब्क उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने कुरामा आइएमई पेका बस्नेत प्रमुखले उल्लेख गर्नुभयो ।

    उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताउनुभयो ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY