शनिबार, भाद्र २७ गते २०८३
images

विद्यालय कर्मचारीको गुनासो

एक्सप्रेस पाना
आश्विन ५, २०७९ बुधबार
  • 330
    SHARES
  • विद्यालय कर्मचारीको गुनासो

    विद्यालयको रेखदेख, सरसफाइ, लेखा-प्रशासनिक, पुस्तकालय, बगैँचा हेरचाह र विद्यालयका दैनिक कार्य विद्यालय कर्मचारीबाटै सम्पन्न हुन्छन् । विद्यालयका लागि कर्मचारी महत्वपूर्ण पक्ष हो । लामो समयदेखि काम गर्दै आए पनि सरकारले उपेक्षा गरेको उनीहरुको गुनासो छ । आफूहरुको माग पूरा नभएकोप्रति गुनासो व्यक्त गर्नुहुन्छ विद्यालय कर्मचारी सुनिता पाख्रिन ।

    images

    सुत्केरी व्यथा लाग्दा पनि बिदा नपाएको मेलम्ची-५ का कर्मचारी सानोकान्छी मिजारले दुःखेसो गर्नुभयो । सङ्घ र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर तत्काल विद्यालय कर्मचारीको सेवासुविधा वृद्धिको मागलाई सम्बोधन गर्नुपर्ने बताउनुहुन्छ विद्यालय कर्मचारी परिषद् सिन्धुपाल्चोकका अध्यक्ष मनोरथ दुलाल ।

     सरकारले स्थानीय तह सहितले दिने भनेको १५ हजार र यो वर्ष देखिको दुई हजार महँगी भत्ता गरी १७ हजार  तलब नदिने पालिकामा धर्ना दिने अध्यक्ष दुलालले बताउनुभयो । जिल्लामा अहिले सुनकोसी गाउँपालिकाले मात्र १७ हजार तलब दिएको जानकारी आएको उहाँले बताउनुभयो ।

    images

    मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले कर्मचारीको मागप्रति नगरपालिका सकारात्मक रहेको र समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यालय कर्मचारीसँगै रहेको पनि बताउनुभयो ।