बुधबार, भाद्र २४ गते २०८३
images

आइएमई पेले अब दिँदैछ ७.१३% ब्याज दिने

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 307
    SHARES
  • आइएमई पेले अब दिँदैछ ७.१३% ब्याज दिने

    एकमात्र ब्याज दिने वालेट आइएमई पेलेयो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरिएकोछ । प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्नु हुन्छ ।

    images

    प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा १, ००० कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्छन्। आर्थिक समावेशीकरण एवम्वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ ।

    यस्का साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोवार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउनुहुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY