शनिबार, भाद्र २७ गते २०८३
images

जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

एक्सप्रेस पाना
आश्विन ७, २०७९ शुक्रबार
  • 247
    SHARES
  • जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

    जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् ।

    images

    बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।
     
    “अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।” परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो ।