काठमाडौँ । आइएमई पेर फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष श्री आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर श्री रुशान्त श्रेष्ठलेहस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार क्युआर स्क्यानमा १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १,००,००० जित्ने मौका पाउनुहुनेछ ।
यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा १००) पनि प्राप्त गर्न सक्नुहुनेछ । समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथैनयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन्।


