अभिनय कार्की, दोलखा । गौरवमय इतिहास बोकेको भगवती माध्यमिक विद्यालयको विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. ३ लामिडाँडामा अवस्थित श्री भगवती माध्यमिक विद्यालयले बडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानका लागि आयोजित गरेको कार्यक्रम भव्यताका साथ आज विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।

आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, शिक्षक,विद्यार्थी, अभिभावक सहित समाजसेवी एवं बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । भने विद्यार्थीहरु द्दरा विभिन्न मनोरञ्जनात्मक नृत्यहरु र चाडपर्वका नाममा गरिने फजुल खर्च र प्रदेश बाट स्वदेश फर्किएका नेपाली युवाहरुको पिडालाई समेटेर सन्देश मुलक नाटक कार्यक्रम पनि प्रस्तुत गरिएको हो । त्यहाँ उपस्थित अभिभावकहरु समेतलाई म्युजिकल चिअर नामक खेल र विद्यार्थीहरुलाई बोरा भित्र खुट्टा हालेर दौडिने रोचक खेल खेलाउदै उत्कृष्ट हुने विद्यार्थी र अभिभावहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
आज सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि एवम् निवर्तमान वडा अध्यक्ष निशान बुढाथोकीले शुभकामना आदानप्रदान गर्दै मन्तव्यका क्रममा भुकम्पले क्षतिग्रस्त बनेको विद्यालयको संरचनाहरु पुर्न; निर्माण गर्न आफ्नो कार्यकालमा गरेको भुमिका स्मरण गर्दै नमुना विद्यालय बनाउन थप शैक्षिक गुणस्तरमा जोडदिनुपर्ने बताए । भने वर्तमान वडा अध्यक्ष दल बहादुर तामाङले विद्यालयको सुरुवाती चरणका व्यवस्थापन समितिका संस्थापक सदस्यहरुले गर्नुभएको योगदानको स्मरण गर्दै शैक्षिक गुणस्तरलाई सुधार्न आफ्नो कार्यकाल भरि वडाले कुनैपनी कसर बाकी नराख्ने बताउनुभयो । अन्त्यमा विद्यालयका प्रधानाध्यापक वेद प्रसाद खतिवडाले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै शैक्षिक गुणस्तरलाई सुधार्न शिक्षक, विद्यार्थी र अभिभावक सबैको विशेष भुमिका रहने भन्दै सहयोगको अपेक्षा गरेर शुभकामना आदानप्रदान गर्नुभयो ।
तस्बिर हेर्नुहोस् :



















