बुधबार, भाद्र २४ गते २०८३
images

एससीटीको बडा छुट अफर : भाटभटेनीमा स्मार्ट क्यु आर गर्दा १०% थप छुट

एक्सप्रेस पाना
आश्विन १२, २०७९ बुधबार
  • 369
    SHARES
  • एससीटीको बडा छुट अफर : भाटभटेनीमा स्मार्ट क्यु आर गर्दा १०% थप छुट

    काठमाडौँ । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा विजया दशमीको सु-अबसरमा बडा छुट अफर सार्बजनिक गरेको छ ।

    images

    यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा थप १०% वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यु आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन्।

    विजया दशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यु आर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको हो । भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY
  • # IMELIFE