शनिबार, भाद्र २७ गते २०८३
images

रामकुमारी झाँक्रीलाई शिक्षामन्त्रीको जिम्मेवारी दिने तयारी

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 280
    SHARES
  • रामकुमारी झाँक्रीलाई शिक्षामन्त्रीको जिम्मेवारी दिने तयारी

    भदौ १५ काठमाडौं । एकीकृत समाजवादीका तर्फबाट रामकुमारी झाँक्रीलाई शिक्षामन्त्रीको जिम्मेवारी दिने तयारी भइरहेको स्रोतले बताएको छ । देउवा सरकारमा उक्त पार्टीले ६ मन्त्री पाउने काँग्रेस प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच सहमति भएको थियो । सोही सहमतिअनुरूप झाँक्रीलाई सो जिम्मेवारी दिइन लागिएको बुझिएको छ ।

    images

    यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन् । यस्तै नेपाली काँग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् । केही दिनमा सबै मन्त्रालयको टुङ्गो लाग्ने गरी गठबन्धनले तयारी थालेको छ ।