आइतबार, कार्तिक १६ गते २०८३
images
images

पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

एक्सप्रेस पाना
आश्विन २६, २०७९ बुधबार
  • 326
    SHARES
  • पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ ।

    images

    हाल मधेस प्रदेशमा सामान्य बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । उक्त प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

    मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिममा मौसम सुधार हुँदै गएको छ भने पूर्वमा केही स्थानमा आशिंक बदली हुने देखिएको छ । 

    images

    महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम