शनिबार, भाद्र २७ गते २०८३
images

बारामा एकै परिवारका तीन जनाको शव फेला

एक्सप्रेस पाना
आश्विन २६, २०७९ बुधबार
  • 252
    SHARES
  • बारामा एकै परिवारका तीन जनाको शव फेला

    बारामा एकै परिवारका तीन जनाको हत्या गरी शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोकास्थित खोलाको किनारमा तीन जनाको शव फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

    images

    प्रस्टोका गाउँभन्दा करिब दुई किलोमिटर टाढाको ढोरा खोलाको किनारमा आज दिउँसो प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता चौधरी, छोरी तीन वर्षकी ताहिरा चौधरी र छोरा १६ महिनाका राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

    पत्नी र छोराछोरीको हत्या गरी फरार भएको आशङ्कामा दीपेन्द्रलाई प्रहरीले खोज्ने क्रममा उनी घाइते अवस्थामा फेला परेकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै यकीन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । 

    images