जिल्ला प्रहरी कार्यालय दाङले यौन दुर्व्यवहार आरोपी घोराही १३ निवासी ऋषि पोखरेललार्य पक्राउ गरेको छ । लुकिछिपी बस्दै गरेको अवस्थामा पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पोखरेललाई म्याद थप गरेर घटना अनुसन्धान सुरु हुने र जाहेरवाला १० वर्षीय नाबालिकाको बयानका आधारमा जबरजस्ती करणी मुद्दामा पनि अनुसन्धान केन्द्रित हुने छ ।
पक्राउ परेका पोखरेल घोराही १३ का वडा अध्यक्ष एवं कांग्रेस नेता डुल्लु पोखरेलका छोरा हुन् ।


