आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज पनि घट्यो सुनको मूल्य , कति पुग्यो प्रतितोला ?

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 300
    SHARES
  • आज पनि घट्यो सुनको मूल्य , कति पुग्यो प्रतितोला ?

    भदौ १६ काठमाडौं । नेपाली बजारमा आज बुधवार सुनचाँदी दुबैको बजार मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले सस्तिएको हो ।

    images

    हिजो मंगलबार बजारमा प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार १९५ रुपैयाँ कायम भएको छ । यता तेजाबी सुनको मूल्य समेत आज बुधबार गत मंगलबारको मूल्यमा तोलामा २०० रुपैयाँले सस्तिदै ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।