शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 537
    SHARES
  • कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको नतिजा सार्वजनिक गरेको हो ।

    images

    गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा एनजी आई प्रकाशित नतिजामा चित्त नबुझी भदौ २५ गतेदेखि असोज २ गतेसम्म निवेदन दिएका परीक्षार्थीहरुको बोर्डको असोज २६ गतेको निर्णयानुसार प्रकाशित गरेको जनाएको छ ।

    परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात् सक्कल ग्रेडसिटसहित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ ।

    images

    साथै पुनर्योगको नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००) बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्नु सकिने सूचना मार्फत जानकारी दिएको छ ।

    IMG-8197-730x1024.jpgIMG-8197-730x1024.jpg