बुधबार, भाद्र २४ गते २०८३
images

आइएमई दसैँ अफर : पाँचौँ र छैठौँ हप्ताको नतिजा घोषणा

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 303
    SHARES
  • आइएमई दसैँ अफर : पाँचौँ र छैठौँ हप्ताको नतिजा घोषणा

    दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दैसंचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पाँचौँ र छैठौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।
    विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमश: सान्त्वना धोधरी र जीतमान गोम्बो तमाब्ग पाँचौं हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ ।

    images

    त्यस्तै पदम कुमारी विक र किशोर तमाब्ग छैठौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । वहाँहरूले क्रमशः ओमान र मलेशियाबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । चारै जना साप्ताहिक विजेतालेजनही २५,००० प्राप्त गर्नुहुनेछ ।

    त्यस्तै सेवाग्राहीहरू अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, संजीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुब र रबी बडुवाल पाँचौं हप्ताको लागि दैनिक विजेता छनोट हुनुभएको हो । वहाँहरू क्रमशः ओमान, कुवेत, मलेशिया, युएई, जापान र इन्डियाबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको हो । वहाँहरूले क्रमशः कुवेत, मलेसिया, बहराइन, संयूक्त राज्य अमेरिकाबाट नेपालमा रहनुभएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । वहाँहरू प्रत्येकले एक÷एक सेट सामसुब्मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

    images

    आइएमई दसैँ अफर २०७९

    आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुब्मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५,००० उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक
    जना भाग्यशाली विजेतालाई १०,००,००० उपहार स्वरूप प्रदान गरिनेछ ।

    कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १ नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ । यस सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ । अफरलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि कम्पनीले संचालन गरेका सेवा र शर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # IMEPAY