शनिबार, भाद्र २७ गते २०८३
images

कोरोनाले बन्द रहेका शिक्षण संस्था खुले

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 338
    SHARES
  • कोरोनाले बन्द रहेका शिक्षण संस्था खुले

    भदौ १६ जनकपुरधाम । कोरोना भाइरस महामारीको कारण लामो समयदेखि बन्द रहेको धनुषाका शैक्षिक संस्थाहरू खुलेका छन् ।  जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जनस्वास्थ्यको मापदण्डको पालना गरी कक्षा ६ देखि माथिका विद्यालय तथा क्याम्पस खोल्न दिने निर्णय गरेपछि शिक्षण संस्थाहरू खुलेका हुन् । 

    images

    धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति धनुषाको बैठकबाट ६ कक्षाभन्दा माथिका कक्षाहरू भौतिक रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

    नेपाल सरकारबाट जारी स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि ०७८ र सीसीएमसीबाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगसम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन सम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७अनुसार विद्यालय खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

    images

    विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा विद्यार्थीको अनिवार्य थर्मल गनबाट तापक्रम परीक्षण गर्नुपर्ने, मास्क लगाउनु पर्ने, हातधुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।न्युज कारखाना