बुधबार, भाद्र २४ गते २०८३
images

कार्यवाहक प्रशिक्षक कटुवालले बोलाए बन्द प्रशिक्षणमा ३० खेलाडी

एक्सप्रेस पाना
कार्तिक १५, २०७९ मंगलबार
  • 348
    SHARES
  • कार्यवाहक प्रशिक्षक कटुवालले बोलाए बन्द प्रशिक्षणमा ३० खेलाडी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

    images

    कटुवालले मंगलबार पहिलो चरणको प्रशिक्षणमा ३० खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

    नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । 

    images

    एन्फाले मैत्रीपूर्णका लागि मुख्य प्रशिक्षकमा कटुवाललाई नियुक्त गरेको थियो । टोलीको प्रशिक्षण बुधबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

    खेलाडीहरु :
    किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की , विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रंजित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर,अन्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजोग राई, निशान खड्का

  • सम्बन्धित विषय:

  • # फुटबल