शनिबार, भाद्र २७ गते २०८३
images

जसपाका हरिशरण आचार्य  ऊर्जामन्त्री  र दीपक मनाङेलाई खेलकुमन्त्रीको जिम्मेवारी  

एक्सप्रेस पाना
आषाढ २७, २०७८ आइतबार
  • 409
    SHARES
  • जसपाका हरिशरण आचार्य  ऊर्जामन्त्री  र दीपक मनाङेलाई  खेलकुमन्त्रीको जिम्मेवारी  

    जसपाका हरिशरण आचार्य  ऊर्जामन्त्री  र दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी   लिएकाछन् ।  आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहेका यी दुई मन्त्रीले बल्ल मन्त्रालय लिन तयार भएका हुन् । आचार्यले ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आजैदेखि सम्हालेका छन् । योसँगै सत्ता समिकरणमा देखिएको विवाद केही मत्थर भएको छ ।

    images

     विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि काँग्रेसले सहमति तोडेपछि किचलो सुरु भएको थियो ।

    यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्यको जिम्मा पाइसकेका छन् ।

    images

    बजेटमाथिको छलफलपछि सरकार विस्तार गर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सरकार बनेको १ महिना पुग्नै लाग्दा समेत मन्त्री मण्डलले पूर्णता नपाउँदा सरकारको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ । बजेटमाथिको छलफल आइतबारदेखि हुँदै छ । यही महिनाभित्र छलफल सकेर बजेट पास गर्ने सरकारी तयारी छ ।