आइतबार, भाद्र २८ गते २०८३
images

एलन मस्कका ५ प्रेमिका- क्यानडादेखि अस्ट्रेलियासम्मका

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 331
    SHARES
  • एलन मस्कका ५ प्रेमिका- क्यानडादेखि अस्ट्रेलियासम्मका

    विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले यतिबेला सम्पूर्ण विश्वमा आफ्नो वर्चस्व कायम गरिरहेका छन् । माइक्रो ब्लगिङ साइट ट्विटर किनेपछि उनी लगातार ठूला निर्णय लिइरहेका छन् र विश्वभर हेडलाइनमा रहेका छन् । उनले ट्विटरको प्रमाणीकरण प्रक्रियामा ठूलो परिवर्तन गरे र ठूलो मात्रामा कर्मचारीहरूलाई हटाएका छन् ।

    images

    चाहे उनको कार निर्माता कम्पनि टेस्लाको शेयर बेच्ने होस् वा मंगल ग्रहमा मानव उपनिवेश स्थापना गर्न जोड दिनेहोस्, मस्क आफ्नो निर्णयका लागि विश्वभर परिचित छन् । व्यापारका अलावा मस्क आफ्नो व्यक्तिगत र विशेषगरी मामिलाका कारण पनि चर्चामा रहन्छन् ।

    हालसम्म उनी पाँच महिलासँग सम्बन्धमा रहेको विषय बाहिर आएको छ, जसमध्ये केही उनकी श्रीमती र केही गर्लफ्रेन्ड थिए । हाल, मस्क नौ सन्तानका पिता हुन् र उनी जनसंख्या वृद्धिको पक्षमा छन् । यस रिपोर्टमा मस्कको प्रेम जीवनको बारेमा चर्चा गर्दैछौं ।

    images

    जस्टिन विल्सन: कलेजमा पहिलो प्रेम
    मस्कको पहिलो प्रेम जीवन लेखिका जस्टिन विल्सनसँग सुरु भयो । क्वीन्स युनिभर्सिटीमा पढ्दै गर्दा मस्कले आफ्नी पहिलो पत्नी, क्यानाडाली लेखिका जस्टिनलाई भेटेका थिए । सन् २००० मा दुवैले विवाह गरे । जस्टिन र मस्कको पहिलो छोरा, नवाडा अलेक्जेंडर मस्क, २००२ मा जन्मिएका थिए । तर उनको १० हप्ताको उमेरमा अचानक मृत्यु भयो । जस्टिनले २००४ मा दुई र २००६ मा तीन सन्तानलाई जन्म दिइन्, तर त्यस लगत्तै उनले मस्कसँगको सम्बन्ध तोडेकी थिइन् । सेप्टेम्बर १३, २००८ मा, जस्टिनले मस्कसँग सम्बन्ध विच्छेद गर्न लागेको जानकारी गराएकी थिइन् ।

    तल्लुलाह रिले: दुई पटक विवाहित, दुई पटक डिभोर्स 
    मस्कले सन् २००८ मा बेलायती अभिनेत्री तल्लुलाह रिलेसँग डेट गर्न थालेका थिए । यो जोडीले सन् २०१० मा स्कटल्याण्डको डोर्नोक क्याथेड्रलमा विवाह गरेको थियो । मस्कको यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । चार वर्षको सम्बन्ध पछि, यो जोडी जनवरी २०१२ मा अलग भयो र मार्च २०१२ मा सम्बन्ध विच्छेदको लागि निवेदन दिए । तर मस्क र रिलेले जुलाई २०१३ मा पुनः विवाह गरे । २०१४ मा, तिनीहरूले सार्वजनिक रूपमा पुनर्मिलन भएको र एक पटक फेरि सँगै बसिरहेको बताए । डिसेम्बर २०१४ मा, मस्कले रिलेसँग दोस्रो पटक सम्बन्धविच्छेदको लागि निवेदन दिए । अन्ततः अक्टोबर २०१६ मा यो जोडीको सम्बन्धविच्छेद भयो ।

    एम्बर हर्ड: जोनी डेपकी पत्नीसँग अफेयर
    कुनै समय मस्क र अभिनेत्री एम्बर हर्ड आफ्नो अफेयरलाई लिएर निकै चर्चामा थिए । दुवैले विवाह गरेका थिएनन्, तर २०१७ मा मस्कले हर्डलाई धेरै महिना डेट गरेको बताइन्छ । हलिउड अभिनेता जोनी डेपले पछि मस्कलाई आफ्नी श्रीमती एम्बर हर्डसँग अफेयर रहेको आरोप लगाए । तर, मस्क र एम्बर हर्ड दुवैले आफ्नो अफेयरको खबरलाई भने अस्वीकार गर्दै आएका छन् ।

    ग्रिम्स:
    यसपछि सन् २०१८ मा क्यानेडियन संगीतकार ग्रिम्स र मस्कको अफेयर सुरु भयो । क्लेयर एलिस बाउचर ग्रिम्स भनेर चिनिने क्यानाडाली गायिका, गीतकार र निर्माता हुन् । ग्रिम्सले सन् २०२० को मे महिनामा बच्चा जन्माएकी थिइन् । मस्कले यस बच्चाको नाम ‘X AE A-XII Musk’ राखे जुन त्यतिबेला निकै लोकप्रिय भयो । X उनको पहिलो नाम, AE A-XII मध्य नाम र मस्क उपनाम हो । करिब तीन वर्षको सम्बन्धपछि उनीहरुको ब्रेकअपको चर्चा चल्न थाल्यो । डिसेम्बर २०२१ मा, एक अन्तर्वार्ताको क्रममा, उनले आफूलाई अविवाहित घोषणा गरे ।

    नताशा बासेट:
    मस्कले सन् २०२२ को सुरुदेखि नै अस्ट्रेलियाली अभिनेत्री नताशा बासेटसँग डेट गरिरहेको हल्ला चलिरहेको छ । नताशा एक अभिनेत्री, पटकथा लेखक र निर्देशक हुन् । उनी सिड्नीमा हुर्केकी हुन् । २७ वर्षीया अभिनेत्रीले मस्कको बैंक ब्यालेन्सभन्दा आफु बढी ‘लत’ भएको खुलासा गरेकी छन् । नताशा र मस्कको सम्बन्ध साथीको रूपमा सुरु भयो । मस्कलाई आफ्नी प्रेमिका ग्रिम्ससँग अलग भएपछि नताशासँग प्रेम भएको बताइएको छ ।